काठमाडौं। डिस होमले बडादशैं तथा शुभदीपावलीलाई लक्षित गरी आकर्षक ग्राहक योजना ल्याएको छ। योजना अन्तर्गत डिस होमको कनेक्सनको खरिदमा हरेक ग्राहकहरुले चाँदीको सिक्का उपहार प्राप्त गर्नेछन्। साथै योजनको अवधिभर हरेक हप्ता हुने लक्की ड्र मार्फत आठ जना भाग्यशाली विजेताले प्रति व्यक्ति १० तोला सुन जित्न सक्नेछन्। योजना अवधिभर एक किलो सुन ग्राहकहरुलाई प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ। ग्राहक योजना भदौ ९ गतेदेखि सञ्चालनमा आउने छ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होमले विगत चार बर्षदेखि नेपाल भर तीन लाख ८० हजार घरहरुमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको यो प्रविधि विना तार जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ। सिधैं स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी (साउण्ड) र दृश्य (पिक्चर) दुवै गुणस्तरीय हुन्छन्।
डिशहोमले आफ्नो सेवामा केही एचडी च्यानलहरु पनि प्रसारण गर्दै आएको छ। डिशहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ। डिशहोमले दिने सेवामा सम्पूर्ण स्पोट्स तथा ज्ञानवर्दक च्यानलहरु समेत समावेश गरिएका छन् ।