काठमाडौं। सेयर नामसारी प्रक्रिया नियम अनुसार १५ दिन भित्र सक्न नेपाल स्टक एक्सचेन्जले सेयर रजिष्ट्रार (आरटीएस) र सुचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ । आरटीएस र कम्पनीहरुले सेयर नामसारीको लागि दुई/तीन महिनासम्म समय लगाएको भन्दै लगानीकर्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । आयोगले यो प्रक्रिया समयमै सक्ने वातावरण मिलाउन भनेपछि नेप्सेले यस्तो निर्देशन दिएको हो ।
नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने, हामीले यसअघि पनि पटक पटक गरेको छलफलमा ब्रोकर, आरटीएस र कम्पनीहरुले एक अर्कालाई दोष देखाउने काम मात्रै गर्दै आए । एक अर्काबीच दाेषारोपण मात्रै गरेकाेले हामी सफल हुन सकेका थिएनौं ।’
धेरैजसो कम्पनी तथा सेयर रजिष्ट्रारले अहिले पनि सेयर नामसारीमा पठाएको औसतमा दुई महिनाको समय लगाउने गरेको एक ब्रोकर बताउँछन् । नामसारीमा ढिलाई हुँदा लगानीकर्ताले सेयर बजारमा हुने सम्बन्धित कम्पनीको मूल्य परिवर्तनबाट अपेक्षित लाभ लिन पाउदैनन । त्यस्तै, नामसारीमा नै सेयर थुप्रिने अवस्था आएमा पनि बजारमा सेयरको आपूर्तीमा कमी आउने उनी बताउँछन् ।
अहिले कतिपय सूचीकृत कम्पनी आफैले सेयर नामसारी गर्छन भने कतिपयले आरटीएस मार्फत् हुन्छ। कतिपय कम्पनी काठमाडौं बाहिर हुनु, कम्पनीले नियुक्त गरेको कम्पनी सचिवहरु सजिलै सम्पर्कमा नआउनु, एकै आरटीएसले धेरै कम्पनीलाई सेवा दिनुले पनि यो प्रक्रिया लम्बिने गरेको ती ब्रोकर बताउँछन् । तर ब्रोकरहरुबाट समेत आरटीएस वा कम्पनीमा सेयर समयमै नपुर्याउने गरेकोले पनि ढिलाई हुने गरेको एक आटीएस कम्पनीका अधिकारीले बताए ।

नेप्सेका महाप्रबन्ध थपलियाले आगामी दिनमा भने कुनै पक्षबाट लापरवाही भए कडा रुपमा प्रस्तुत हुने बताए । नेप्सेले आरटीएसबाट यो प्रक्रिया लम्ब्याएमा नेपाल धितोपत्र बोर्डमा कारवाहीको लागि सिफारिष गर्ने र सुचीकृत कम्पनीहरुलाई सम्झौता अनुसार कारवाही हुन सक्ने उल्लेख गरेको छ ।
लगानीकर्ताले सेयर नामसारीको लागि ब्रोकर मार्फत् पठाएको दिन देखि नै १५ दिनको अवधि गणना शुरु हुने र ब्रोकरहरुबाट ढिला भएमा प्रकृती हेरेर कारवाही गरिने थपलियाले जानकारी दिए ।