
काठमाडौं। नेपाल धितोपत्र बोर्डले बिहीबार प्राथामिक सेयर निष्कासनका लागि आवेदन दिने करिब आधा दर्जन कम्पनीलाई स्वीकृति दिएको छ।
बोर्डले पाँच हाइड्रोपावर कम्पनीलाई ९३ करोड १० लाख बराबरको ९३ लाख १० हजार कित्ता आइपीओ जारी गर्नका लागि स्वीकृति दिएको हो।
बोर्डबाट एसियन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ११ करोड बराबरको ११ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।
यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले १० करोड बराबरको १० लाख कित्ता र सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन्।
यस्तै मायाखोला हाइड्रोपावर कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छ। सुलभ पावर लिमिटेडलाई ५ करोड ८० लाख बराबरको ५ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।
कम्पनीको नाम | कित्ता संख्या | मूल्य | रकम(रु मा) |
एसियन हाइड्रोपावर लिमिटेड | 1,180,000 | 100 |
118,000,000 |
सुपरमाई हाइड्रोपावर लिमिटेड | 1,000,000 | 100 | 100,000,000 |
सुपर मादी हाइड्रोपावर लिमिटेड | 3,150,000 | 100 | 315,000,000 |
मायाखोला हाइड्रोपावर कम्पनी | 3,400,000 | 100 | 340,000,000 |
सुभम् पावर लिमिटेड | 580,580 | 100 | 58,058,000 |
जम्मा | 9,310,580 | 931,058,000 |