BIZMANDU
www.bizmandu.com

सेबोनले एकैदिन दियो पाँच कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति, यी हुन् कम्पनी

२०७९ मंसिर ८

सेबोनले एकैदिन दियो पाँच कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति, यी हुन् कम्पनी
सेबोनले एकैदिन दियो पाँच कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति, यी हुन् कम्पनी

काठमाडौं। नेपाल धितोपत्र बोर्डले बिहीबार प्राथामिक सेयर निष्कासनका लागि आवेदन दिने करिब आधा दर्जन कम्पनीलाई स्वीकृति दिएको छ।

Tata
GBIME
Nepal Life

बोर्डले पाँच हाइड्रोपावर कम्पनीलाई ९३  करोड १० लाख बराबरको ९३ लाख १० हजार कित्ता आइपीओ जारी गर्नका लागि स्वीकृति दिएको हो।

बोर्डबाट एसियन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ११ करोड बराबरको ११ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।

यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले १० करोड बराबरको १० लाख कित्ता र सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन्।

यस्तै मायाखोला हाइड्रोपावर कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छ। सुलभ पावर लिमिटेडलाई ५  करोड ८० लाख बराबरको ५ लाख  ८० हजार कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।

 

कम्पनीको नाम कित्ता संख्या मूल्य रकम(रु मा)
एसियन हाइड्रोपावर लिमिटेड 1,180,000 100

118,000,000      

सुपरमाई हाइड्रोपावर लिमिटेड  1,000,000 100         100,000,000
सुपर मादी हाइड्रोपावर लिमिटेड 3,150,000 100 315,000,000
मायाखोला हाइड्रोपावर कम्पनी 3,400,000 100 340,000,000
सुभम् पावर लिमिटेड 580,580 100 58,058,000
जम्मा 9,310,580     931,058,000