एनआईसी एशिया क्यापिटलका दुई योजनाको प्रतिफल घोषणा, लगानीकर्ताले १२% सम्म पाउने

बिजमाण्डू
२०७७ साउन २७ गते १२:०२ | Aug 11, 2020

Tata
GBIME

काडमाडौं। एनआईसी एशिया क्यापिटलले संचालन गरेका दुई म्युचुअल फन्ड योजनाले एकाइधनीहरुलाई बाँड्ने लाभांश घोषणा गरेको छ। क्यापिटलका 'एनआईसी एशिया ग्रोथ फण्ड' र 'एनआईसी एशिया ब्यालेन्सड फण्ड' ले गत आवको नाफाबाट एकाइधनीलाई लाभांश दिने भएको हो।

एनआईसी एशिया ग्रोथ फण्डले १२ प्रतिशत र एनआईसी एशिया ब्यालेन्सड फण्डले ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ। यो दुवै योजनाको लाभा‌ंश करसहित हो । 

कम्पनको साउन २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि एनआईसी एशिया ग्रोथ फण्डबाट १० करोड २ लाख २४ हजार रुपैयाँ र एनआईसी एशिया ब्यालेन्सड फण्डबाट ६ करोड ४ लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

गत असार मसान्त सम्मको लेखापरीक्षण हुन बाँकी विवरण अनुसार एनआइसी एशिया ब्यालेन्सड फण्डको प्रतिएकाइ खुद मूल्य ११.०८ रुपैयाँ रहेको छ। यस्तै, एनआइसी एशिया ग्रोथ फण्डको ११.७५ रुपैयाँ छ।