टुबोर्ग ओपन अभियान शुरु, ‘द चेन्स्मोकर्स्’ सँग १९७४ एडीको सहकार्य

बिजमाण्डू
२०७७ साउन ८ गते १६:३६ | Jul 23, 2020
टुबोर्ग ओपन अभियान शुरु, ‘द चेन्स्मोकर्स्’ सँग १९७४ एडीको सहकार्य

Tata
GBIME

काठमाडौं। डेनिस बियर ब्राण्ड टुबोर्गले यस वर्षको लागि आफ्नो टुबोर्ग ओपन अभियान शुरु भएको घोषणा गरेको छ। यस वर्षको अभियानमा ग्रामी अवार्ड विजयी कलाकार जोडी ‘द चेन्स्मोकर्स्’ को साथमा सहकार्य गरि देशभरका संगीत प्रेमीहरुलाई नयाँ संगीत पेश गरिने छ।

हालै विश्व व्यापी प्रचलित कलाकारहरुमध्ये एक रहेका ‘द चेन्स्मोकर्स्’ टुबोर्ग ओपनको साथमा नेपालको लोकप्रिय फोल्क–रक ब्याण्ड १९७४ एडीसँग सांगीतिक सहकार्य गर्दै संगीतप्रेमीहरुलाई यस अभियानतर्फ प्रोत्साहित गर्दैछन्।

निर्माता जोडी, एलेक्स् पाल र ड्रिउ टग्गार्ट समावेश रहेको ‘द चेन्स्मोकर्स्’ ले २०१६ मा ‘दया’ सँगको ‘डोन्ट लेट मी डाउन’ र ‘हेल्से’ सँगको ‘क्लोजर’ जस्ता हिटहरुबाट विश्वव्यापी ख्याति प्राप्त गरे। डिसेम्बर २०१८ मा ‘द चेन्स्मोकर्स्’ ले ‘सिक बोई’ एल्बम् रिलिज गरे जसले हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको छ।

एलेक्स पालले १९७४ एडीसँग काम गर्ने उत्सुकता जनाउँदै भने, 'त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं। यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो।'

'टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाईरहेको छ नत्र भने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो। साथै, अब हामी नेपाल आउँदा घुलमिल गर्न पनि साथी पाउने भयौं,' उनले भने।

टुबोर्ग ओपनले विश्वभर विभिन्न संस्कृति र पृष्ठभूमि रहेका कलाकारहरु साथमा जोड्दै संगीतको माध्यमबाट मानिसहरुलाई ‘ओपन टु मोर’ रहन प्रोत्साहित गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रोजेक्ट बारे आफ्नो धारणा राख्दै ड्रिउ टग्गार्टले भने, 'हामी सधैँ विश्वभरका अरु सिर्जनशील कलाकारहरुसँग काम गर्न नयाँ तरिकाहरु खोजिरहेका हुन्छौं। हामीले धेरै सांगीतिक सहकार्यहरु गरेका छौं, हाम्रो आफ्नै गीतहरुसँग हामीले ३० वटा भन्दा बढी सहकार्यहरु गरेका छौं र त्यो प्रक्रियाले हामीलाई धेरै सिकाएको छ। यस प्रकारको अवसर अरु कलाकारहरुलाई दिनु सधैं हाम्रा लागि महत्वपूर्ण रहेको छ।'

नेपाली ब्याण्ड १९७४ एडीका तर्फबाट भनिएको छ- 'यो हाम्रा लागि पूर्ण रूपमा नयाँ अनुभव छ र हामीलाई लाग्छ कि हामीले आफूलाई हाम्रो शैली भन्दा बाहिरको सोच्न जोड दिएका छौं। ‘द चेनस्मोकर्स्’ सँग सहकार्य गर्न पाउनु हाम्रा लागि निकै राम्रो अवसर हो र हामी निश्चिन्त छौं कि यो सहकार्यको नतिजा सुन्दा हाम्रो दर्शकहरु खुसी हुनु हुनेछ। संगीतकारको रूपमा, हामीलाई संगीत बनाउन र विभिन्न कलाकारहरुसँग काम गर्न मनपर्छ र यो सम्भव पार्नका लागि हामी टुबोर्गलाई धन्यवाद दिन चाहन्छौं । हामी सबै गीत रिलिजको प्रतीक्षामा छौं।'