एनएलजी इन्स्योरेन्सको २५% बोनस घोषणा, साधारणसभामा दुर्इ संचालकको चयन हुने

बिजमाण्डू
२०७४ माघ २६ गते १०:४४ | Feb 9, 2018

काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनी आर्थिक वर्ष २०७२/७३ सम्मको संचित मुनाफाबाट १२ करोड ८० लाख रुपैयाँ बोनस शेयर मार्फत दिने भएको हो। कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ६७ लाख ४१ हजार रुपैयाँ नगद लाभांश दिने भएको जनाएको छ।

Tata
GBIME

कम्पनीले बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी ६४ करोड ४ ला रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुर्याउन अझै ३५ अर्ब ९६ लाख रुपैयाँ जुटाउनु पर्नेछ।

कम्पनीले फागुन ३ गते १२ औ साधारणसभा डाकेको हो। साधारणसभाले सर्वसाधारण तर्फबाट प्रतिनिधित्व गर्ने दुर्इ जना संचालक पनि निर्वाचित गर्ने जनाएको छ।