सरकारी स्वामित्वका तीन वाणिज्य बैंक नाफा ६ महिनामा एक अर्ब नाघ्यो, खराब कर्जा ३% भन्दा माथि

बिजमाण्डू
२०७४ माघ १८ गते १३:५० | Feb 1, 2018

काठमाडौं। सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा एक अर्ब रुपैयाँ नाफा बढाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै एकअर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ भने कृषि विकास बैंकले एकअर्ब दुर्इ करोड र नेपाल बैंक लिमिटेडले एकअर्ब ६३ करोड रुपैयाँ नाफा गरेको छ।

Tata
GBIME

नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा एकअर्ब ६३ करोड रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा एकअर्ब ८९ करोड रुपैयाँ गरेको थियो। बैंकको चक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ४ करोड रुपैयाँ जम्मा छ। बैंकले लामो समयदेखि लाभांश दिएको छैन।

बैंकको खराब कर्जा ३.२३ प्रतिशत छ। सबैभन्दा राम्रो पक्ष यस बैंकको आधार व्याज दरमा धेरै उतार चढाव छैन। यसको आधार व्याजदर ६.९३ प्रतिशत मात्र छ यस्तो दर अघिल्लो बर्षको यहि अवधिमा ६.२३ प्रतिशत थियो।

बैंकले चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्‍याउन गत फागुनमा २३.७४ प्रतिशत हकप्रद निष्काशन गरेको थियो। बैंकमा नेपाल सरकारको शेयर पूँजी ६२.२१ प्रतिशत अर्थात ५ अर्ब रुपैयाँ रहेको छ भने सर्वसाधारणको ३७.७९ प्रतिशत अर्थात तीन अर्ब तीन करोड रुपैयाँ रहेको छ।

बैंकले विगत केहि वर्षदेखि राम्रो नाफा गरेको भए पनि शेयर धनीलार्इ लभांश दिएको छैन। साथै यस वर्ष साधारणसभा गर्न सकेको छैन भने गत आर्थिक वर्षको नाफाबाट के दिने भन्ने विषयमा केहि पनि घोषणा पनि भएको छैन। 

कृषि विकास बैंक
कृषि विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब २ करोड रुपैयाँ नाफा गरेको छ। बैंकको चुक्ता पूँजी अन्य वाणिज्य बैंकको भन्दा बढि छ। बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड रुपैयाँ छ जसमा साधारण शेयर ८ अर्ब ५० करोड रुपैयाँ छ। साथै नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैयाँ जम्मा भएको छ।

६ महिनामा बैंकको कर्मचारी खर्च एक अर्ब ४१ करोड रुपैयाँ छ। बैंकको खराब कर्जा ३.९५ प्रतिशत छ। प्रतिशेयर आम्दानी २० रुपैयाँ छ।  

कृषि विकास बैंकले विगत पाँच वर्षदेखि वितरण गरेको लाभांश

आर्थिक वर्ष बोनस शेयर नगद लाभांस
2073/2074 20 1.053
2072/2073 20 1.05
2071/2072 15 0.79
2070/2071 7 8
2069/2070 0 31.58

 बैंकले चुक्ता ८ अर्ब पूँजी जुटाउन २०७३ मंसिरमा ५० प्रतिशत हकप्रद जारी गरेको थियो।

दोस्रो बजारमा आइतबार बैंकको कारोबार ३४० रुपैयाँमा भयो भने एक वर्षको अविधिलार्इ हेर्दा अधिकतम ६१५ रुपैयाँ सम्ममा कारोबार भएको छ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले गत वर्षको भन्दा ४६.६७ प्रतिशतले नाफा बढाएको हो।

बैंकको कर्मचारी खर्च एक अर्ब १९ करोड रुपैयाँ छ। बैंकले यस अवधिमा ५ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेको छ भने खुद ब्याज आम्दानी मात्र ४ अर्ब १ करोड रुपैयाँ छ। अन्य बैंकको भन्दा राम्रो ब्याज आम्दानी गरेको भए पनि प्रसासनिक तथा कर्मचारी खर्चले नाफामा कमि आएको हो। अन्य बैंकको जस्तै यसको पनि खराब कर्जा ३.११ प्रतिशत छ।