मेटलाइफले सुरु गर्यो नयाँ ब्राण्ड प्लेटफर्म, ५० हजार भन्दा बढी ग्राहकमाझ खोज गरेर ल्याएको दाबी

बिजमाण्डू
२०७४ मंसिर २४ गते १५:४० | Dec 10, 2017

काठमाडौं।मेटलाइफ नेपालले मेटलाइफ तपार्इँसँगै जीवनमा अघि बढ्दै नारासहित नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्म सुरुवात गरेको छ।

Tata
GBIME

यो ब्राण्डले ग्राहकको जीवनको उतारचढाबको सारथी बन्ने कम्पनीको दाबी छ।कम्पनीको विश्वव्यापी ब्राण्डमा विगत ३० वर्षकै महत्वपूर्ण परिवर्तन ल्याउने दाबी गरिएको छ।मेटलाइफले विश्वभरि ५०,००० भन्दा बढी ग्राहकहरुमाझ गरेको खोजमा एउटा विश्वव्यापी सत्य पत्ता लगाएको जनाएको छ । मेटलाइफ बंगलादेश, नेपाल र म्यान्मारका अध्यक्ष मोहम्मद नुरुल इस्लाम भन्छन् “१५० वर्ष पुरानो कम्पनीको नाताले, मेटलाइफले परिवर्तनशील विश्वलाई अङ्गाली हामीले गर्दै आएको व्यवसाय र त्यसले ग्राहकहरुलाई पार्ने प्रभावको विषयमा पुनःविचार गर्दै अगाडि बढेका छाँै । त्यसैगरी हामी परम्परागत सेवा विकास गर्नेढाँचा भन्दा फरक ग्राहकको धारणा अनुसार सेवा दिने ढाँचालाई अंगालेका छौं ।”

मेटलाइफ नेपालका जनरल म्यानेजर तथा उपाध्यक्ष निर्मल काजी श्रेष्ठले भने, “हामीले नेपालमा ग्राहकहरुको चाहाना परिपुर्ति गर्ने खालको सरल बीमा तथा सुरक्षाका उपायहरु विकास गर्नग्राहकहरुको धारणा विश्लेषण तथा संकलन गर्नका लागि यसअघि नै लगानी गरिसकेका छौं । ग्राहकहरुलाई अघि बढ्नमद्दत गर्ने विश्वासिलो साझेदार बनी परिवर्तित जीवन पहिल्याउन हाम्रो भुमिका तथा महान् उद्देश्य अभिव्यक्त गर्न हामीले हाम्रो ब्राण्ड विकसित गर्दै छौँ ।”