तिनाउ विकास बैंक र समिट माइक्रोफाइनान्सको बोनस, मञ्जुश्रीको ५%हकप्रद घोषणा

बिजमाण्डू
२०७४ असोज १ गते १२:४२ | Sep 17, 2017

काठमाडौै। तिनाउ विकास बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत वर्षको मुनाफा बाट १० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

Tata
GBIME

बैंकले घोषणा गरेको लाभांस नेपाल राष्ट्र बैंक र साधारणसभा बाट पारित भएपछि शेयरधनीले पाउने छन्। हाल बैंकको चुक्ता पूँजी ४६ करोड रुपैयाँ रहेको छ। गत वर्ष बैंकले करिब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।      

यसैगरी मञ्जुश्री फाईनान्सले आफ्ना शेयरधनीलाई पाँच प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। फाईनान्सको १४४ औ संचालक समिति बैठकले यो निर्णय गरेको हो। फाईनान्सले साबिक १०० कित्ता शेयरधनीलाई पाँच कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ।

गत वर्ष पनि कम्पनीले पूँजी वृद्धिका लागि एक कित्ता शेयर बराबर एक दहमलब ७५ का दरले हकप्रद निष्कासन गरेको थियो।   हाल फाईनान्सको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ। कम्पनीले गत वर्ष ६ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

यसैगरी समिट माइक्रोफाइनान्सले पनि लाभांश घोषणा गरेको छ। कम्पनीले ३४.४८ प्रतिशत बोनस शेयर र १०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समिति बैठकले यो निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी सात करोड २५ लाख रुपैयाँ रहेको छ। कम्पनीले गत वर्ष पाँच करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।