ग्याजेट्स नेपालको तीन वर्ष पुरा, खुद्रा विक्रेतालाई मोटरसाइकल पुरस्कार

बिजमाण्डू
२०६९ भदौ २६ गते ००:०० | Sep 11, 2012
ग्याजेट्स नेपालको तीन वर्ष पुरा, खुद्रा विक्रेतालाई मोटरसाइकल पुरस्कार



काठमाडौं । बर्ड मोवाइलको आधिकारितक विक्रेता ग्याजेट्स नेपाल प्रा.लि.ले तीन वर्ष पुगेको उपलक्ष्यमा नेपालभरिका आफ्ना आधिकारिक बिक्रेता भेला गरी कार्यक्रमको आयोजना गरेको छ । वार्षिक कार्यक्रममा कम्पनीले विभिन्न खुद्रा बिक्रेतालाई मोटरसाइकल तथा ल्यापटप समेत उपहार प्रदान गरेको छ ।

Tata
GBIME
Nepal Life

महेन्द्र नगरको मोर्डन इलेक्ट्रोनिक्सले उपहारमा मोटरसाईकल प्राप्त गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि पुर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले मोटर साइकल प्रदान गरेका थिए । नेपाल दुरसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष भेषराज कँडेलले बर्ड मोवाईलले आफ्नो गुणस्तर र परिक्षणका मापदण्डलाई पुरा गरी बजारमा ल्याईरहेकोमा  धन्यवाद् दिएका थिए । उनले सुर्खेतका खुद्रा बिक्रेता कालिका मोवाइल हाउस, महेन्द्रनगरको क्याफे मोबाईल हाउस र बनेपाको क्वालिटी वाचसपलाई ल्यापटप  उपहार प्रदान गरेका थिए । पुर्व विज्ञानमन्त्रीले ग्याजेट्स नेपाललाई सफलताको शुभकामना प्रदान गरेका थिए । बार्षिक कार्यक्रमबाट बर्ड मोवाइलका बिक्रेताहरुमा थप उत्साह जोस, जागर थपिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ ।