दशैंको यात्रा सर्वसुलभ बनाउन सरकार र यातायात व्यवसायीवीच आज छलफल

बिजमाण्डू
२०६९ भदौ २६ गते ००:०० | Sep 11, 2012

काठमाडौं । दशैमा सार्वजनिक यातायात सर्वसुलभ बनाउन सरकार र यातायात व्यवसायीले सहकार्य गर्ने भएका छन् । दशैको यात्रा सहज बनाउन सरकारी निकाय र यातायात व्यवसायीबीच आज छलफल हुँदैछ ।
यो छलफलपछि दशैका लागि बस कति थप्ने बारे निर्णय हुनेछ भने गोगंबु बसपार्कमा बुकिङ काउन्टर राख्ने बारे निर्णय हुनेछ । दशैको बेला यात्रुलाई ठग्ने गिरोहको विगविगी हुने भएकोले यसलाई रोक्ने संयन्त्रको बारेमा पनि छलफल हुनेछ ।
ठगी रोक्न यातायातका कर्मचारीलाई आइडीकार्ड झुन्ड्याउन लगाउने र ठगी हुने वितिकै जानकारी गराउने र ट्राफिक प्रहरीको उच्च संयन्त्र बनाइनेछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार दशैका लागि अग्रिम बुकिङ खुल्ला भने असोजको दोस्रो सातादेखि मात्रै हुनेछ । दशैका लागि हवाई टिकट भने खुल्ला भइसकेको छ । केही दिनअघि सबै हवाई सेवा कम्पनीले दशैका लागि टिकट खुल्ला गरिसकेका छन् ।

Tata
GBIME
Nepal Life