ग्लोबलका सेयरधनी नाफामा, कैलासले छलाङ मार्यो, प्रभुका सेयरधनी मालामाल



२०६९ भदौ २५ गते ००:००
ग्लोबलका सेयरधनी नाफामा, कैलासले छलाङ मार्यो, प्रभुका सेयरधनी मालामाल


काठमाडौं । मर्जपछि दोस्रो दिनको कारोवारमा ग्लोबल आइएमइका सेयरधनी ठूलो नाफामा रहे । सोमवार ग्लोबल आइएमईको सेयर मूल्य १७ रुपैयाँले बढ्यो । आइतवार ग्लोबल आएमईको कारोवार प्रतिकित्ता १७५ रुपैयाँमा भएको थियो सोमवार प्रतिकित्ता १९२ रुपैयाँमा कारोवार भयो ।
सोमवार अन्नपूर्ण फाइनान्सबाट कैलास विकास बैंकमा परिणत भएपछिको पहिलो कारोवार प्रतिकित्ता १८५ रुपैयाँमा भयो । फाइनान्स गत बैसाखबाट राष्ट्रियस्तरको विकास बैंक बनेको थियो ।
सोमवार हिमालयन बैंकको सेयर मूल्य आठ रुपैयाँ घटेर ६८०, एभरेष्ट बैंकको नौ रुपैयाँ घटेर १०८५, नविल बैंक २२ रुपैयाँ घटेर १४२६ रुपैयाँमा कारोवार भयो ।
सोमवार १७ प्रतिशत बोनस सेयर घोषणा गर्ने प्रभु फाइनान्सको सेयर ११ रुपैयाँले माथि चढेर १६० रुपैयाँमा, १६ प्रतिशत नगद लाभांस घोषणा गरेको फस्ट माइक्रोफाइनान्सको १८ रुपैयाँ घटेर १६२ र १० प्रतिशत बोनस सेयर घोषणा गरेको कावेली विकास बैंकको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।


Sunrise Bank
Tata
GBIME