सुन सोमवार ६० रुपैयाँले बढ्यो, मूल्य ६१ हजार १८०, चाँदी १२ सय पारी

बिजमाण्डू
२०६९ भदौ २५ गते ००:०० | Sep 10, 2012
सुन सोमवार ६० रुपैयाँले बढ्यो, मूल्य ६१ हजार १८०, चाँदी १२ सय पारी

काठमाडौं ।  लगातार उकालो लागिरहेको सुनको मुल्य सोमवार तोलामा ६० रुपैयाँले बढ्यो । आइतवार सुन एकै दिन तोलामा एक हजार एक सय बीस रुपैयाले बढेर ६१ हजार एक सय २० रुपैयाँमा कारोवार भएको थियो । नेपाल सुन चादी व्यवसायी संघले सोमवारका लागि सुन प्रति तोला ६१ हजार १८० रुपैया तोकेको छ ।
सोमवार चाँदीको मुल्य पनि तोलामा एघार रुपैयाले बढेर प्रति तोला १२ सय रुपैयामा कारोवार भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै उकालो लागिरहदा चाँदीको मूल्य पनि लगातार बढिरहेको छ ।

Tata
GBIME
Nepal Life