वैदेशिक रोजगारीमा जाने नेपालीको तलब बढाउन सिफारिश गर्दै सरकार

बिजमाण्डू
२०६९ भदौ २५ गते ००:०० | Sep 10, 2012

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको न्यूनतम तलब कम भएको भन्दै रोजगार गन्तब्यको तलब बढाउन थालेको छ ।
सरकारले आर्थिक सुरक्षा सुनिश्चितताको लागि कामदारको न्यूनतम तलब बढाएको जनाएको छ । सरकारले साउदी अरबमा जाने नेपाली कामदारको न्यूनतम तलब एक हजार रियाल निर्धारण गरिसकेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले संयुक्त अरब इमिरेट्स(युएई)को न्यूनतम पारिश्रमिक निर्धारण अन्तिम चरणमा पुगेको जनाएको छ ।
युएई जाने कामदारको न्यूनतम पारिश्रमिक निर्धारण अन्तिम चरणमा पुगेको छ, मन्त्रालयका एक कर्मचारीले भने, यो सरोकारवालाको छलफलपछि राजपत्रमा प्रकासित गरेर कार्यान्वयनमा ल्याइनेछ ।
सरकारले मलेसिया र कतारको न्यूनतम तलब बढाइसकेको छ । न्यूनतम तलब सात वर्षसम्म पनि नबढ्दा विदेश गएका नेपाली कामदारले ऋण तिर्नमै पैसा सकिएपछि सरकारले यो कदम चालेको हो । यसअघि सरकारले तोकेको न्यूनतम तलबमा मासिक १० हजार थियो ।  

Tata
GBIME
Nepal Life