न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री नेपालमा, कृषी क्षेत्रमा लगानी बढाउन सुझाव

बिजमाण्डू
२०६९ भदौ २३ गते ००:०० | Sep 8, 2012

काठमाडौं  । न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री जेम्स बी. बोल्जरले कृषि क्षेत्रबाट रोजगारी र उत्पादन बढाएर जनताको जीवनस्तर उकास्न सकिने बताएका छन् । अर्थसचिव कृष्णहरि बास्कोटासँग शुक्रवार भएको भेटमा यो कुरा बताएका हुन् । ‘कृषि क्षेत्रबाट रोजगारीको अवसर बढाउने, बढी उत्पादन गरी निकासी गर्ने र सहकारीको माध्यमद्वारा कृषि उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘माछापालन, कृषि उत्पादनको बजार व्यवस्थापन र ऋण प्रवाहमा समुचित प्रयास गर्न सके किसानको भलो हुन्छ ।’
अर्थसचिव वास्कोटा र पूर्व प्रधानमन्त्री वोल्जर बिच करिव १ घण्टा भएको छलफलमा कृषि क्षेत्रमा अनुदान कसरी दिने, कृषकको उत्पादनलाई कसरी उचित मूल्य प्रदान गर्ने, विचौलीयाहरुलाई कसरी हटाउने,न्युनतम मूल्य तोक्ने विधिका बारेमा छलफल भएको थियो । भेटमा अर्थसचिव वास्कोटाले नेपालको अर्थतन्त्रका समष्टीगत परिसूचकहरु सकारात्मक रहेको बताउँदै  आर्थिक विकास र रोजगारीको अवसर वृद्धि गर्ने पक्षमा आफू रहेको बताए ।  उनले नेपालमा जडिबुटी, अर्गानिक खेती र बेमौसमी तरकारी तथा फलफुलको उत्पादनको राम्रो सम्भावना रहेको जानकारी दिए । 

Tata
GBIME
Nepal Life