मुल्य महँगो भएपछि बजारमा सुनको अभाव, व्यवसायीले आठ सय बढी तिरे

बिजमाण्डू
२०६९ भदौ २३ गते ००:०० | Sep 8, 2012
मुल्य महँगो भएपछि बजारमा सुनको अभाव, व्यवसायीले आठ सय बढी तिरे

काठमाडौ । मूल्य बढे पनि बजारमा ढिक्का सुनको अभाव भएको छ । शुक्रवार नेपाल सुनचाँदी व्यवसायी संघले प्रतितोला मूल्य ६० हजार रुपैयाँ तोके पनि अभाव भएपछि बजारमा ६० हजार आठ सय रुपैयाँसम्म खरिद भएको थियो ।
सुनको भाउ आकासिएपछि बजारमा ढिक्का सुनको अभाव छ, एक व्यवसायीले भने । मूल्यमा ठूलो उत्तारचढाव भएपछि पालो परेका बैंकहरुले सुन ल्याएका छैनन्, यसले पनि बजारमा अभाव छ । बैंकमा सुनको अभाव भएपछि अत्यावश्यक पर्ने सुनका लागि महँगो मूल्य तिर्नु परेको हो, स्रोतले भन्यो । केही व्यवसायीहरुले यहाँ सुनको अभाव भैरहँदा भारततर्फ तस्करी पनि गरिरहेका छन्, यसले भाउ झनै बढाएको छ  ।
‘सुनको भाउ उकालो लागेपछि बजारमा सुननै पाउने छोडियो । पएपनि बजारमा महँगो मूल्यमा बिक्री भइरहेको छ, न्युरोडका एक सुन पसलेले भने, ढिक्का सुन किन्न विहानदेखि लाइन लागे पनि भने जति सुन पाउन सकिदैन । उनका अनुसार ठूला लगानीकर्ताले सुन लुकाएर राखेका छन् ।

Tata
GBIME
Nepal Life