प्रधानमन्त्री भट्टराइ र भारतीय प्रधानमन्त्रीवीच तेहरानमा भेट

बिजमाण्डू
२०६९ भदौ १५ गते ००:०० | Aug 31, 2012
प्रधानमन्त्री भट्टराइ र भारतीय प्रधानमन्त्रीवीच तेहरानमा भेट

तेहरान । प्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेट गरेका छन् । प्रधानमन्त्री भट्टराइ र सिंहवीच बिहीबार अबेर नेपालको पछिल्लो राजनीतिक अवस्था र  राजनीतिक दलहरुबीच भइरहेको सहमति प्रयासबारे छलफल भएको थियो ।
प्रधानमन्त्री भट्टराईले भारतबाट नेपाललाई दिने भनिएको २०० मेगावाट विद्युत् पूर्णरुपमा उपलब्ध गराउन र प्रसारण लाइनको समस्या भएका स्थानमा प्रसारण लाइनको व्यवस्था गर्न आग्रह गरेका थिए। सिंहले विगतको सहमतिअनुसार २०० मेगावाट विद्युत् नेपाललाई उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए।
भारतीय प्रधानमन्त्री सिंहले नेपालको आग्रहअनुसार नै भारत सरकार नेपाललाई सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए। नेपाल आफ्नो देशको सहयोगसूचीमा अग्रस्थानमा छ भन्दै भारतीय प्रधानमन्त्रीले नेपाललाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

Tata
GBIME
NLIC