लुम्बिनी बैंकले नाफा घटेपनि लाभांस बढायो, सिटिजन्स्ले गर्यो आठ प्रतिशतको प्रस्ताव

बिजमाण्डू
२०६९ भदौ १४ गते ००:०० | Aug 30, 2012
लुम्बिनी बैंकले नाफा घटेपनि लाभांस बढायो, सिटिजन्स्ले गर्यो आठ प्रतिशतको प्रस्ताव


काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलले नाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकलाई लाभांस वितरणका लागि नेपाल राष्ट्र बैंकले प्रारम्भिक स्वीकृतिसमेत दिइसकेको छ । बैंकले गत वर्ष १२.४१ प्रतिशतले नाफा वढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब पुगिसकेको छ । अघिल्लो वर्ष बैंकले गत वर्ष लगानीकर्तालाई ५ प्रतिशत वोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांस दिएको थियो ।  राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदनपछि मात्र बैंकले लगानीकर्तालाई लाभांस दिन पाउँछ । बैंकको प्रति सेयर आम्दानी १० रुपैयाँ ६१ पैसा छ ।
उता लुम्बिनी बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १२ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति लिएपछि बैंकले वोनस सेयर सार्वजनिक गर्नेछ ।
बैंकले प्रारम्भिक स्वीकृतिका लागि राष्ट्र बैंक पठाइसकेको छ । बैंकले गत वर्ष १९ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्ष बैंकले ३८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत वर्ष नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत वोनस सेयर दिएको थियो । नोक्सानी व्यवस्थाको रकम वढेको तथा व्याज आम्दानी घटेका कारण नाफा झरेको हो । बैंकले गत वर्ष ऋण लगानी १२ प्रतिशतले वढाएर ६ अर्ब ९७ करोड र निक्षेप ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकको ब्याज आम्दानी साढे २ प्रतिशतले घटेको छ ।

Tata
GBIME
Nepal Life