भ्रष्ट्राचारी प्रमाणित भएपछि खुमबहादुर खड्काको आजदेखि सुरु भयो जेलयात्रा

बिजमाण्डू
२०६९ भदौ ६ गते ००:०० | Aug 22, 2012
भ्रष्ट्राचारी प्रमाणित भएपछि खुमबहादुर खड्काको आजदेखि सुरु भयो जेलयात्रा

काठमाडौं । भ्रष्ट्राचार अभियोग प्रमाणित भएपछि बुधवारदेखि पूर्वमन्त्री खुमबहादुर खड्काको जेल बसाई सुरु भएको छ । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका खड्का सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै एक सातापछि आफै अदालत पुगेका थिए ।
काठमाडौं जिल्ला अदालतमा पुगेर धरौतीवापत ७५ लाख ८९ हजार रुपैयाँ जम्मा गराएपछि उनलाई डेढ वर्षको जेल जीवन बिताउन सदरखोर लगिएको थियो । उनले अदालतमा पटक पटक आफू निर्दोष रहेको जिकिर गर्दै आफ्नो राजनीतिक फैसला दुई न्यायाधिशले नगरी तीन करोड जनताले गर्ने बताएका थिए ।
राजनीतिक दलका नेताहरु माथि भ्रष्ट्रचार सम्वन्धी मुद्धामा सर्वोच्चले सुनुवाई गर्दै खड्कालाई पनि दोषी ठहर गरेको थियो । यसअघि सर्वोच्चले काँग्रेस नेता चिरञ्जीवी वाग्ले र बहालवाला सूचना तथा सञ्चारमन्त्री जेपी गुप्तालाई भ्रष्ट्राचार ठहर गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद, ९४ लाख ७४ हजार १२३ रुपैयाँ जरिवाना र त्यति नै बराबरको विगो भराउन आदेश दिएको थियो । धरौटी वपातको रकम आफैले लगेर गएपछि उनलाई अदालते २० प्रतिशत मिनाहा गरिदिएको छ । सर्वोच्चका न्यायाधिश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्काले भ्रष्ट्राचार गरेको प्रमाणित गर्दै कैद र जरिवानाको फैसला गरेक हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुइ करोड ३६ लाख रूपैयाँको सम्पत्ति गैरकानूनी ढंगले कमाएको भन्दै खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले ०६३ कात्तिक २९ मा खड्कलाई सफाइ दिएपछि अख्तियारले ०६३ चैत १५ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
के के खोसिन्छ रु
फैसला पछि उनको स्रोत पुष्टि गर्न नसकेको सम्पत्ती सरकारले खोस्छ । खड्काकी श्रीमती शीला शर्मा खड्काका नाममा एभरेष्ट बैंक लि। नयाँ बानेश्वरको खाता नं। ८५८० “ए” मा मौज्दात रहेको २५  लाख रुपैयाँको निक्षेप तथा त्यसबाट बढेबढाएको  ब्याज   जफत  हुनेछ ।
त्यसैगरी शीलाको  नाममा  ललितपुरमा भएको   कित्ता नं। २४९ को एक रोपनी छ आनाको २० लाख ९२ हजार मूल्इांकन गरिएको जग्गा पनि खोसिन्छ । त्यसैगरी शीलाकै  नामको  ललितपुरमा भएको घरबाहेकको  जग्गाबाट  २० लाख ५६ हजार ९८७  रुपैयाँ  बराबरको  भागहिस्सा पनि खोसिन्छ । खड्काका  नाममा  दर्ता  रहेको  बा।२।च। ९५५५  नम्वरको २४ लाख ५० हजार खरिद मूल्य पर्ने मित्सुविसी प्राडो गाडी, ३३ तोला सुन र २।९३ किलो चाँदी पनि खोसिन्छ ।

Tata
GBIME
Nepal Life