नेप्से परिसूचक ७७४.७६ मा, बीमा र बैंकिङले झारे, किष्ट बैंकको ६० रुपैयाँमा संस्थापक सेयर कारोबार

बिजमाण्डू
२०७० चैत्र ९ गते ००:०० | Mar 23, 2014
नेप्से परिसूचक ७७४.७६ मा, बीमा र बैंकिङले झारे, किष्ट बैंकको ६० रुपैयाँमा संस्थापक सेयर कारोबार


काठमाडौं। साताको पहिलो दिन नै सेयर बजारमा खराब सुरुवात भएको छ । आइतवार नेप्से ०.५२ अंकले घट्यो । बैंकिङ, बीमा लगायतका कम्पनीको मूल्य घटेपछि नेप्से घटेको हो । यद्यपी कारोबार अवधिमा ७७० सम्म पुगेको नेप्से  बजार बन्द हुँदा ७७४.७६ मा आइपुग्यो । 
किष्ट बैंकको संस्थापक सेयर अंकित मूल्यभन्दा निकै कम मूल्यमा कारोबार भयो । ४५ प्रतिशतले मूल्य घटेर बैंकको ९० हजार कित्ता सेयर कारोबार भएको हो । अघिल्लो पटकभन्दा ५० रुपैयाँले घटेर बैंकको संस्थापक सेयर ६० रुपैयाँमा कारोबार भयो । बैंकको साधारण सेयर भने दुई रुपैयाँले घटेर दुई सय १० मा किनबेच भएको छ । 
यो दिन नेपाल टेलिकमको बल्क कारोबार भएको छ । कम्पनीको एकै पटकको कारोबारमा एक करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भयो । ठुला कारोबार मूल्य घटेर भएपनि अन्य काराबोरमा भने कम्पनीको मूल्य बढेको छ । यो दिन चिलिमे जलविद्युत् कम्पनीको पनि पाँच करोड रुपैयाँको सेयर किनबेच भएको छ । स्थानिय बासिन्दाले सेयर बिक्री गर्न थालेपछि कम्पनीको कारोबार बढेको हो । नेपाल लाइफ इन्स्योरेन्सको पनि दुई करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।   
दश बराबर सात अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हाम्रो बिकास बैंकको सेयर मूल्य नौं प्रतिशतले बढेको छ । नया नेपाल लघुवित्त बिकास बैंक, वेष्र्टन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशत बढेको छ । 

Tata
GBIME
Nepal Life
तारागाँउ होटेल, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतको पनि सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । तारागाँउको यही चैत २८ गते बार्षिक साधारण सभा हुदैछ , होटेलले लाभांश घोषणा गरेको छैन । १०.५२ प्रतिशत बोनस सेयर दिन लागेको लुम्बिनीको चैत एक गते नै बुक क्लोज भएकोले अहिले मूल्य घट्ने क्रममा रहेको छ । चैत २९ गते नै साधारण सभा घोषणा गरेको कालिका माइक्रोक्रेडिट डेभलपमेन्टले लाभांश प्रस्ताव नगरेपछि सेयर मूल्य १० रुपैयाँले घट्यो । अन्य कम्पनीहरुको मूल्यमा भने सामान्य उतारचढाव देखिएको छ । खरीद कर्ता र लगानीकर्ता अहिले बजारमा तीव्र मोलमोलाई गरिरहेको ब्रोकरहरु बताउछन । जलविद्युत्, ‘अन्य’ र बिकास बैंक समूहको परिसूचक क्रमशः ३.०४ अंक, २.३५ अंक र ०.०९ अंकले बढ्यो । 
मेट्रो डेभलपमेन्टको बुक क्लोज 
मेट्रो डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि चैत १८ गते बुक क्लोजको मिती सार्वजनिक गरेको छ । बैंकले २० बराबर सात अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।