
काठमाडौं । गृह मन्त्रालयले मुसलमान समुदायको पवित्र महिना रम्जानको अन्तिम दिन ईद (इदुल फित्र) को उपलक्ष्यमा भोलि भदौ ४ गते सोमबारका नेपालभर सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ। गत वर्ष फागुन ८ गते नेपाल राजपत्र भाग- ५ मा इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल फित्र) का दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने उल्लेख छ।