
दोहा । कतार एअरवेजले इकोनोमी र प्रिमियम क्याविन टिकटमा ३० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । जनवरी २० को मध्यरातदेखि जनवरी २२ को मध्यरातसम्म टिकट खरिद गर्दा यो छुटपाउन सकिने एअरवेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
.jpg)
यो समयमा किनिएको टिकट एशिया, अफ्रिका, अस्ट्रेलिया, अमेरिका र युरोपको कुनैपनि गन्तव्यमा उडान गर्न सकिने छ । कतार एअरवेज विगत १७ वर्षमा निकै उन्नति गरेको छ । यसले एकसय २९ विमान मार्फत विश्वका एकसय ३४ स्थानमा उडान भर्दै आएको छ ।
आगामी ६ महिनामा कतार एअरवेजले सारजहाँ, दुवई, साइप्रस, फिलाडेल्फिया, टर्की, एडिनवर्ग, मायमी र डल्लासमा थप गन्तव्य बनाउने भएको छ । कतार एअरवेजको यो अफरमा ३० किलोग्राम लगेज समावेस छ ।