टेलिभिजन, बीमा, जनक शिक्षा र जलविद्युत बैंकमा खुल्यो चार ‘हाइप्रोफाइल’ जागिर

बिजमाण्डू
२०६९ साउन ३० गते ००:०० | Aug 14, 2012

काठमाडौं । सरकारले चार संस्थानको प्रमुखमा खुला प्रतिश्पर्धाबाट नियुक्तिका लागि सार्वजनिक सूचना आव्हान गरेको छ । सरकारले नेपाल टेलिभिजनको महाप्रवन्धक, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रवन्ध सञ्चालक, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत र बीमा संस्थानमा प्रशासकका लागि सूचना जारी गरेको हो ।
सार्वजनिक संस्थान निर्देशन बोर्डले यी चार संस्थानको प्रमुखका लागि २१ दिन भित्र आवेदन गर्न आव्हान गरेको छ । बोर्डले यस अघि विद्युत प्राधिकरण, नेपाल आयल निगम, कर्मचारी सञ्चय कोष र नेपाल वायुसेवा निगमका लागि प्रमुख मागिसकेको छ ।
त्यसमध्ये कर्मचारी सञ्चय कोषमा पाँच जना सर्टलिष्ट भैसकेका छन् । केही दिनभित्र उनीहरुले कोष सञ्चालसम्वन्धी प्रस्तुती दिएपछि संस्थान बोर्डले नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिश गर्छ । विद्युत प्राधिकरणको प्रवन्ध निर्देशका विषयमा मुद्धा परेको हुनाले प्रक्रिया टुङ्गिन अझै केही दिन लाग्नेछ ।

Tata
GBIME
Nepal Life