काठमाडौं । विराटलक्ष्मी विकास बैंकले नाफा साढे पाँच प्रतिशतले वढाएर ३ करोड २० लाख रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी वढे पनि संभावित नोक्सानीको रकम वढी राख्नु परेपछि बैंकको नाफा अपेक्षा अनुसार वढ्न सकेन । बैंकको ब्याज आम्दानी २३ प्रतिशतले वढेर ८ करोड २१ लाख रुपैयाँ पुगेको छ । तर बैंकले यस पटक संभावित नोक्सानी व्यवस्थामा गत वर्षभन्दा २८ प्रतिशतले वढी रकम नाफाबाट छुट्याउनु परेको छ । बैंकले १ करोड २३ लाख रुपैयाँ नोक्सनी व्यवस्था वापत रकम छुट्याएको छ ।
बैंकले निक्षेप वढाएको अनुपातमा नै ऋण लगानी पनि वृद्धि गरेको छ । बैंकले निक्षेप ४८ प्रतिशतले वढाएर २ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ । ऋण लगानी ४० प्रतिशतले वढाएको छ । बैंकको ऋण १ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले घरजग्गाको ऋण भने घटाएको छ । १७ प्रतिशतले घरजग्गा ऋण घटाएको बैंकसँग अहिले २ करोड रुपैयाँ घरजग्गाम ऋण छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात घटेको छ । १५.०५ प्रतिशतबाट घटेर १२.७ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्तता अनुपात ११ प्रतिशतभन्दा माथि हुनु पर्छ ।
बैंकको प्रति सेयर आम्दनी १८.६९ रुपैयाँ छ । अहिलेको आम्दानी अनुसार बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांस दिन सक्छ । मूल्य आम्दानी अनुपात ७.६ गुणा छ । प्रति सेयर नेटवर्थ १ सय २८ रुपैयाँ छ । प्रति सेयर कुल सम्पतिको मूल्य १ हजार ७ सय ७५ रुपैयाँ छ ।
