कमिशन वृद्धिका लागि दवाव दिन पेट्रोलियम डिलर्सको बुटवलमा आजदेखि भेला

बिजमाण्डू
२०६९ साउन २० गते ००:०० | Aug 4, 2012

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको भेला आजदेखि बुटवलमा सुरु हुँदैछ । आफुले पाउँदै आएकोकमिसन बढाउने रणनीति तयार गर्न भेलाको आयोजना गरिएको हो । नेपाल आयल निगमबाट ल्याएको पेट्रोलीयम पदार्थ विक्री गरेवापत पम्पले अहिले तीन प्रतिशत कमिशन पाउँदै आएका छन् । उनीहरुले यो कमिशन बढाएर पाँच प्रतिशत पु¥याउनुपर्ने माग गरेको, एसोसिएसनका एक सदस्यले जानकारी दिए । आज मध्यान्हबाट सुरु हुने छलफलमा कमिसन बढाउन आन्दोलनसम्म गर्ने निर्णय हुनसक्ने एक व्यवसायीले बताए ।
पाँच प्रतिशत कमिसन नपाएसम्म व्यवसाय गर्नै नसक्ने अवस्था आएको छ, त्यसैले कमिसनको लागि दबाब दिन भेलामा छलफल हुन्छ, उनले भने । यो वाहेक एसोसिएसनका अध्यक्षका लागि संस्थाले गाडी किन्ने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दियो ।

Tata
GBIME