सी फूडको बढ्दो लोकप्रियता, व्लुफिनले खोल्यो भैंसेपाटीमा अर्को आउटलेट

बिजमाण्डू
२०६९ साउन २० गते ००:०० | Aug 4, 2012
सी फूडको बढ्दो लोकप्रियता, व्लुफिनले खोल्यो भैंसेपाटीमा अर्को आउटलेट

काठमाडौ । सी फूड बिक्री गर्दै आएको ब्लुफिनले आइतबारदेखि भैंसेपाटीमा नयाँ आउटलेट खोल्ने भएको छ । सी फूड पारखीहरु बढ्दै गएपछि नयाँ आउटलेट खोल्न लागेको हो ।
ब्लुफिनले थाइल्यान्डबाट सी फूड ल्याएर नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीले झम्सिखेलमा पहिलो शाखा खोलेको थियो । कम्पनीले डिसेम्बरभित्रै चार वटा नयाँ शाखा खोल्ने जनाएको छ । कम्पनीले सोल्टीमोड, बौद्ध, लाजिम्पाट र वालुवाटारमा शाखा खोल्ने जनाएको छ ।
कम्पनीले उपत्यका वाहिर पनि शाखा खोल्ने जनाएको छ । उपत्यका बाहिर भने कुनै फ्रेन्चाइज गर्न चाहेमा शाखा खोल्न अनुमति दिने जनाएको छ । कम्पनीका अनुसार उपत्यका वाहिर कुनै व्यक्तिले शाखा खोल्न चाहेमा तीस लाख रुपैयाँ तिर्नुपर्ने र केही मुनाफा दिनुपर्ने शर्त राखेको छ ।  कम्पनीले सन् २०१५सम्म २४ वटा शाखा खोलिसक्ने जनाएको छ ।

Tata
GBIME
Nepal Life