बंगलादेशले नेपाललाई दिएको सुविधा कागजमा ! व्यवहारमा आउन कठिन

बिजमाण्डू
२०६९ साउन १६ गते ००:०० | Jul 31, 2012

काठमाडौ । बंगलादेशले एक सय कृषि वस्तुलाई भन्सार नलिने सहमति गरेपनि यो कार्यान्वयनमा आउन भने कठिन देखिएको छ । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र(साफ्टा)को प्रावधान अनुसार बंगलादेशले एकतर्फी नेपाली कृषि वस्तुलाई भन्सार नलाग्ने निर्णय गर्न सक्दैन ।
साफ्टाको प्रावधान अनुसार बंगलादेशले एकतर्फी सुविधा दिन पाउँदैन, यो सस्तो लोकप्रियता मात्रै हो, एक विज्ञ भन्छन्, यो सहुलियत उपयोग गर्न धेरै समय कुर्नुपर्छ ।
नेपालले यो सुविधा पाउनको लागि बंगलादेशसँग द्धिपक्षीय सन्धी गर्नुपर्छ । अहिलेसम्म नेपाल– बंगलादेशबीच द्धिपक्षीय व्यापार सन्धी भएको छैन । सन्धी भएपछि मात्र नेपाललाई बंगलादेशले दिएको सुविधा उपयोग गर्न पाउँछ ।
सोमबार भएको सम्झौतामा एक सयवस्तुलाई भन्सार नलाग्ने भनेपनि सेप्टेम्बरमा हुने सहसचिव स्तरीय बैठकले कृषि वस्तुको टुंगो लगाउने छ । सह सचिवस्तरीय बैठकले दिएको वस्तुलाई दुवै देशका सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि मात्रै नेपालले यो सुविधा पाउने उल्लेख छ ।

Tata
GBIME
Nepal Life