काठमाडौ । पूर्वाधार निर्माण र यससँग सम्वन्धित सामाग्रीको मंसिरमा वृहत प्रर्दशनी हुने भएको छ । मंसिर २० गतेदेखि २४ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा हुने यो प्रर्दशनीमा निर्माण सामाग्री उद्योगका प्लान्ट तथा मेसिनरी, भवन निर्माण तथा साजसज्जा सम्वन्धी सामाग्री, विटुमिन, एयर कन्डिसन, टायल मार्बल, लिफ्ट, जलविद्युत सम्वन्धी सामाग्री र इलोक्ट्रोनिक्स सम्वन्धी सामाग्री प्रर्दशनीमा राखिने आयोजकले बताएका छन् ।
प्रदर्शनीले नेपालको निर्माण क्षेत्रको विकास र विस्तारमा योगदान दिने आयोजकको दावी छ । प्रर्दशनीमा टिकट बिक्रीबाट आएको पचास प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकले बताएका छन् ।
