‘बेला’ ब्राण्डको स्यासे जुस बजारमा, दश ग्रामको मूल्य १५ रुपैयाँ, एक स्यासेबाट दुई लिटर जुस

बिजमाण्डू
२०७० असार ९ गते ००:०० | Jun 23, 2013

काठमाडौं । बेला नेपाल प्रालिले ‘बेला’ ब्रान्डको जुस बजारमा ल्याएको छ । उसले १० ग्राम तौलका स्यासेमा अरेञ्ज, पाइनपल र म्याङ्गोलगायत विभिन्न स्वादका जुस प्रस्तुत गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रकाश बस्नेतले जानकारी दिए । स्यासेको अधिकतम खुद्रा मूल्य १५ रुपैयाँ कायम गरिएको र यो जुस सबै उमेर समूहले मन पराउने बस्नेतको विश्वास छ । जुसमा भिटामिन–सी लगायत पोषक तत्व रहेको बताइएको छ । एक स्यासेबाट २ लिटर जुस बनाउन सकिने र चिनीसमेत हाल्नुु नपर्ने पनि कम्पनीले जानकारी दिएको छ । यो जुस निकट भविष्यमै देशभर पु¥याउने कम्पनीको योजना छ ।

Tata
GBIME
NLIC