कतार एयरवेजको समर प्रमोसन, ड्युटी फ्रिबाट सामान किन्दा विशेष छुट

बिजमाण्डू
२०६९ साउन ११ गते ००:०० | Jul 26, 2012
कतार एयरवेजको समर प्रमोसन, ड्युटी फ्रिबाट सामान किन्दा विशेष छुट


काठमाडौं । कतार एयरवेजले आफ्नो ड्युटी फ्रिसपबाट सामान खरीद गर्नेलाई विशेष छुट योजना ल्याएको छ । कतार एयरपोर्टमा सञ्चालित पसलमा उसले समर प्रमोसन योजना ल्याएको हो । दोहा एयरपोर्टबाट उड्ने र ट्रन्जिटमा रहेका यात्रुले यसको फाइदा उठाउन सक्नेछन् । ड्युटी फ्रिमा कतारी रियाल पाँच सयभन्दा बढी खर्च गर्ने यात्रुमध्येबाट चिठ्ठामा छानिनेले अमेरिकी डलर १ हजार, पाँच हजार र दश हजारका सपिङ भौचर जित्ने छन् । यो अभियान अगस्ट ३१ सम्म चल्ने छ । दोहा आउने यात्रुले १५ प्रतिशत छुट कुपन पनि पाउने छन् ।

Tata
GBIME
Nepal Life