काठमाडौं। एलजीको सिभिल मलमा रहेको एजली ब्राण्डसपले सातौँ वार्षिकोत्सव मनाएको छ। ग्राहकहरुलाई आमन्त्रण गरी मनाइएको वार्षिकोत्सवमा एलजी ब्राण्डसपबाट सामान खरिद गर्नेलाई छुट तथा उपहार प्रदान गरिएको थियो।
कार्यक्रममा एलजी ब्राण्डसपका व्यवस्थापन र ग्राहकहरुबीच अन्तर्क्रिया पनि सम्पन्न भएको थियो। अन्तर्क्रियाका क्रममा ग्राहकहरुले पनि आफ्नो प्रतिक्रिया दिएका थिए।