काठमाडौं।वानप्लसले प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ ।
यो मोबाइलमा उच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा छ। यो मोबाइलमा अहिलेसम्मकै उच्चगुणस्तरको तस्विर खिच्न सकिने कम्पनीले जनायो । कम्पनीका अनुसार ड्यास चार्जको कारण आधा घण्टा चार्ज गर्दा पुरा दिन टिक्छ।यो मोबाइल किन्नेले हरेक साता दुर्इ सय एमबि प्रोमोसनल डाटा प्याक १२ सातामा समेत दिने योजना ल्याएको छ।
क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममा आधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको कम्पनीले जनाएको छ।मोबाइलमा ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्ने भएकोले विश्वभर प्रयोगकर्ताहरुलाई सम्पर्क गराई रहने कम्पनीले जनाएको छ।“वानप्लस ५ टि’ ले उत्कृष्ट प्रयोगकर्ता अनुभव दिन्छ,”आइहब मार्केटिङका म्यानेजर धिरेन्द्र कुशवाहले भने, ड्यूलक्यामराले अहिलेको स्मार्टफोन बजारमा स्पष्ट तस्विर खिच्नको लागि सहयोग गर्छ।
यो मोबाइलमा ६ इन्च इम्प्रेसिभ अप्टिक अमोलेड डिस्प्ले भएको निकै पातलो छ।६४ जिबीको मोबाइलको मूल्य ६४ हजार ९ सय रुपैयाँ र १ सय २८ जिबीको ७२ हजार ९ सय रुपैयाँ मूल्य कम्पनीले तोकेको छ।