अढाइ अर्बको अर्घाखाँची सिमेन्टमा लाग्यो ताला, स्थानीयवासिन्दाले कर्मचारी कुटे

बिजमाण्डू
२०६९ साउन ८ गते ००:०० | Jul 23, 2012

काठमाडौं । स्थानीय अवरोधबाट नौं महिनादेखि बन्द रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाको अर्घाखाँची सिमेन्ट प्रालिका कर्मचारी कुटिएका छन् । वातावरण संरक्षण सम्वन्धी कार्यक्रमका लागि साइटमा गएका कर्मचारी कुटिएका हुन् ।
बन्द रहेको खानी संचालनका लागि उद्योगले स्थानीय क्षेत्रको वातावरण संरक्षण, स्थानीय क्षेत्रमा भौतिक पूर्वाधारको विकास तथा स्थानीय जनतालाई रोजगारी समेत दिंदै आएको छ । त्यसक्षेत्रको वातावरण संरक्षणका लागि उद्योगले खानीक्षेत्र वरपर वृक्षारोपण तथा पानीका मुहान संरक्षण कार्यक्रम समेत लिएर गएको छ । कार्यक्रम लिएर गएका कर्मचारीलाई साउन ६ गते केही स्थानीय व्यक्तिहरुले निर्घाध कुटपीट गरी घाइते बनाएका हुन् ।
कानुन अनुसार संचालित उद्योगको खानीलाई बन्द गरिनु न्याय संगत नभएको भन्दै महासंघले खानी सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेको छ । लामोसमयदेखि खानी संचालन नहुंदा उद्योगको लागि आवश्यक कच्चा पदार्थ अभाव हुन गई उद्योग बन्द हुने अवस्था सृजना भएको महासंघले जनाएको छ ।
विदेशी संयुक्त लगानीमा २०५७ मा स्थपना भएको उद्योगको पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । उद्योगको सञ्चालन भने २०६१ बाट भएको थियो । उद्योगमा ७ सय जनाले रोजगारी पाएका छन् । दैनिक एक हजार टन सिमेन्ट तथा क्लिकर उत्पादन गर्दै आएको छ ।

Tata
GBIME
Nepal Life