काठमाडौं।मुलुकको औद्योगिक तथा व्यापारिक घराना विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल नेपालका लागि गिनी गणतन्त्रका अवैतनिक वाणिज्य दूत नियुक्त भएका छन्।
पश्चिमअफ्रिकी मुलुक गिनी सरकारले उनलार्इ अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो । नवनियुक्त वाणिज्यदूत अग्रवालले दुई मित्रराष्ट्रको आर्थिक र जनस्तरको सम्बन्ध अभिवृद्धिमा भूमिका खेल्ने बताए।
उनले गिनीमा नेपाली वस्तुको बजार प्रवर्द्धनका लागि पहल गर्ने बताउँदै त्यहाँका पर्यटकलाई नेपाल ल्याउन प्रयास गर्ने बताए।
विशाल ग्रुप नेपालका पुराना व्यापारिक औद्योगिक प्रतिष्ठानमध्येको एक हो । निर्माण सामग्रीउत्पादन, बैंकिङ, बिमा, ट्रेडिङ लगायत व्यवसायमा यो समूहको लगानी छ । अग्रवाल यो समूहको तेस्रो पुस्ताका उद्यमी हुन्।
अग्रवाल आयात–निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ तथा नेपाल चेम्बर कमर्स जस्ता संस्थामा आवद्ध छन्।