काठमाडौँ।वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सर्दै असार १४ गते हुने भएको छ। मध्य असारमा हुन लागेको चुनावमा वर्षातको टेन्सन छँदैछ।
मतदानको बेला पानी पर्यो भने के गर्ने ? निर्वाचन आयोगले विशेष निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालयलाई दिएको निर्देशनको बुँदा नम्बर ३ मा यस्तो उल्लेख छ-
वर्षातको समय भएकोले मतदाताको हात भिजेको हुनसक्ने र भिजेको हातले मतपत्र समात्दा मतपत्र समेत भिज्ने वा मतसंकेत गर्दा मसी लत्पतिन सक्ने भएकोले मतदाताले राम्रोसँग हात पुछेपछि मात्र मतपत्र दिने व्यवस्था मिलाउने ।