बढेको भाडा घटाउन छलफल थाल्ने मन्त्रिपरिषद् अध्यक्षको विद्यार्थी नेतालाई आश्वासन

बिजमाण्डू
२०६९ चैत्र ९ गते ००:०० | Mar 22, 2013
बढेको भाडा घटाउन छलफल थाल्ने मन्त्रिपरिषद् अध्यक्षको विद्यार्थी नेतालाई आश्वासन


काठमाडौं । मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीले सार्वजनिक यातायातको भाडा घटाउन सम्वन्धित मन्त्रीहरुसँग छलफल गर्ने आश्वासन दिएका छन् । एघार विद्यार्थीले बुझाएको एघार बुँदे ज्ञापनपत्र लिएपछि उनले यो आश्वासन दिएका हुन् । ‘सार्वजनिक यातायातको भाडा घटाउने बारे मन्त्रीहरुसँग छलफल गर्नेछु,’ उनको भनाई उद्धृत गर्दै नेविसंघका प्रवक्ता युपी लामिछानले भने । सार्वजनिक यातायातको भाडा घटाउने बारे विद्यार्थीले विभिन्न कार्यक्रम गर्दै आएका छन् । यो वाहेक विद्यार्थीले राखेको स्ववियू निर्वाचनको मिति तोक्ने आश्वासन रेग्मीले आश्वासन दिएका छन् ।

Tata
GBIME