
इजरायल । वुढाहरुको भन्दा जवानहरुको व्यवस्थापकीय कार्यसक्षमता वढी हुन्छ भन्ने मान्यतालाई इजरायलमा गरिएको एक अध्ययनले असत्य घोषणा गरिदिएको छ । अध्ययनका अनुसार, कम्पनीका ५० देखि ५९ वर्षसम्मका म्यानेजरहरुमा वढी कार्यसक्षमता हुन्छ ।
इजरायलको हाइफा विश्वविद्यालयको शोधार्थी सैमुएल ग्रिमलैंड, येहुदा बारुच र इरान विगोडा गाडोतले गरेको अध्ययनले तन्नेरीभन्दा वुढाले वढी व्यवस्थापकिय काम गर्न सक्छन् । पछिल्लो केही वर्षमा अनुभवी व्यवस्थापकलाई जागिरमा राख्दा हुने फाइदा र वेफाइदाका बारेमा छलफल भइरहेको छ, अध्ययनमा भनिएको छ, जहाँसम्म काम गर्ने उर्जाको कुरा छ । वढ्दो उमेरले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।
यो अध्ययन ग्रिमलैंडको शोध निवन्धमा आधारित छ । अध्ययनमा जागिरमा कस्तो उमेरको मान्छेले कति काम गर्न सक्छ र नयाँ काम गर्न नयाँ भन्दा अनुभवीले कति उर्जा खर्च गर्छ भनेर अध्ययनमा देखाइएको छ ।
अध्ययनमा ५४५ जना विभिन्न उमेर समुहका व्यवस्थापकहरुलाई समेटिएको छ । अध्ययनका अनुसार जव व्यवस्थापकको उमेर वढ्दै जान्छ त्यति नै काम गर्ने उर्जा पनि वढ्ने गरेको पाइएको छ । तन्नेरी व्यवस्थापकको तुलनामा वुढा व्यवस्थापकको काम गर्ने उर्जा ५७ प्रतिशतले वढी पाइएको अध्ययनको निस्कर्ष छ ।