काठमाडाैं। युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले काठमाडौंको कुलेश्वरमा मोर्टस पार्टसको आउटलेट सञ्चालनमा ल्याएको छ । अाउटलेटबाट टोयोटाको आधिकारीक मोटर पार्टसहरु मात्र बिक्री हुने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
अँग्रेजी नयाँ बर्षको अवसरमा टोयोटाले यो आउटलेट संचालनमा ल्याएको हो । आउटलेटबाट ग्राहकले टोयोटाको आफ्नै जेन्यून मोटर आयल समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बिगत ५० बर्षदेखि नेपाली उपभोक्तालाई सेवा दिदै आएको यस कम्पनीले आफ्ना ग्राहकले जेन्यून पार्टसहरु सहजरुपमा प्रयोग गर्न पाउन् भनेरै अाउटलेट खोलेको हो ।यसअघि कम्पनीले नयाँबजारमा पनि मोटरपार्टसको अाउटलेट सञ्चालनमा ल्याइसकेको छ ।