डलरको ग्राफ पनि माथि चढ्यो, प्रति डलर ८७ रुपैयाँमा कारोवार, सुन भने ५७ हजारमा ओर्लियो

बिजमाण्डू
२०६९ फागुन ६ गते ००:०० | Feb 17, 2013
डलरको ग्राफ पनि माथि चढ्यो, प्रति डलर ८७ रुपैयाँमा कारोवार, सुन भने ५७ हजारमा ओर्लियो

काठमाडौं । आइतवार स्टकको मात्र होइन डलरको ग्राफ समेत उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले आइतवारका लागि ८६ रुपैयाँ ५० पैसा विनिमय दर तोकेको भए पनि स्थानीय बैंकले ८७ रुपैयाँ पाँच पैसामा कारोवार गरेका छन् । नेपाल राष्ट्र बैंकले पनि सोमवारका लागि डलरसँग नेपाली मुद्राको विनिमयदर ८७.०७ पैसा तोकेको छ । भारतीय मुद्राको तुलनामा डलर मजबुत बनेपछि त्यसको असर नेपाली मुद्रामा पनि परेको हो ।
केही दिनेदेखि कमजोर बन्दै गएको डलर गत शुक्रवारबाट फेरी मजबुत हुन लागेको हो । शनिवार २५ पैसाले मजबुत बनेपछि भारु ५४.१७ पैसामा कारोवार भएको थियो । डलर महँगो भए पनि सुनको मूल्य भने घट्ने क्रम जारी छ । आइतवार सुन तोलामा थप पाँच सय रुपैयाँ सस्तो भएको छ । साताको अन्तिम दिन शुक्रवार पनि सुन तोलामा तीन सय रुपैयाँले घटेर कारोवार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी संघले आइतवारका लागि छापावाला सुन  प्रति तोलाको ५७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो विहिवार सुन तोलामा एक सय रुपैयाले घटेर प्रति तोलाको ५७ हजार आठ सय रुपैयाँमा कारोवार भएको थियो । सुन मात्र होइन चाँदी पनि आइतवार घटेको छ । आइतवार चाँदी तोलाको दश रुपैयाँ घटेर प्रतितोला एक हजार ८० रुपैयाँमा कारोवार भयो । शुक्रवार पनि चाँदी तोलामा नौ रुपैयाँले घटेर एक हजार ९० रुपैयाँमा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life