
नयाँदिल्ली । टाटा मोटर्सको उत्पादन नानो कार भारतको सबैभन्दा विश्वसनीय चारपाङग्रे ब्राण्ड बनेको छ । बाण्ड ट्रस्ट रिपोर्ट र इंडिया स्टडी २०१३ मा टाटा नानोलाई विश्वसनीय ब्राण्डको कारको रुपमा उल्लेख गरिएको छ । ब्राण्ड ट्रस्ट रिसर्च एडवाइजरीले भारतका १६ वटा सहरमा गरेको अध्ययनको आधारमा एक हजार एक सय सर्वाधिक भरोसा भएका ब्राण्डको सूचीमा नानो पहिलो नम्बरमा देखिएको हो । नानोले सुरुका दिनबाटै विश्वभर उत्सुकता र आसा जगाएको थियो ।
नानोले फेसबुक पेजमा समेत ३० लाखभन्दा बढि फ्यान बनाइसकेको छ । नानो यो वर्ष सबै भन्दा बढि बिक्री हुने कारको सुचीमा पनि अघि रहेको छ । टाटा मोटर्सले ग्राहकबाट प्राप्त प्रतिक्रियालाई समेटेर नानो स्पेसल एडिसन समेत बजारमा ल्याएको छ ।