
गाईघाट । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले गैंडा छाम सिमेन्टलाई निजी कम्पनीसँग प्रतिश्पर्धामा ओरालेको छ । कम्पनीले सिमेन्टमा प्रतिबोरा १५ रुपैयाँ छुट दिएर विक्री गर्न थालेको हो । उद्योगका महाप्रबन्धक डा सुरेन्द्र चौरासियाले २७ देखि केही महिनाका लागि गैंडा छाप सिमेन्टमा प्रतिबोरा १५ रूपैयाँ छुट गरेर बिक्री गर्ने बताए । प्रतिबोरा ६५५ रुपैयाँ पर्ने गैंडा छाप सिमेन्ट अबदेखि प्रतिबोरा ६४० का दरले बिक्री हुनेछ । उद्योगले अहिले प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । कम्पनीले यसबाहेक सिमेन्टको स्टक समेत क्लियर गर्न सिमेन्टमा छुट दिने निर्णय लिएको हो । कम्पनीले केही महिना अघि सिमेन्टको मूल्य प्रतिबोरा २२ रुपैयाँ वृद्धि गरेको थियो ।