सुन फेरी तोलामा दुई सय रुपैयाँ महँगो, मूल्य साढे ५८ हजार पुग्यो, चाँदी भने घट्यो

बिजमाण्डू
२०६९ माघ २६ गते ००:०० | Feb 8, 2013
सुन फेरी तोलामा दुई सय रुपैयाँ महँगो, मूल्य साढे ५८ हजार पुग्यो, चाँदी भने घट्यो

काठमाडौ । साताको अन्तीम दिन सुन तोलामा दुई सय रुपैयाँले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले शुक्रवारका लागि छापावाला सुन प्रति तोलाको ५८ हजार तीन सय रुपैयाँ तोकेको छ । विहिवार सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रति तोलाको ५८ हजार एक सय रुपैयाँमा कारोवार भएको थियो । सुनको भन्सार दरमा भएको वृद्धि र अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ मजबुत भएपछि यो साता सुनको मुल्यमा केहि उतार चढाब देखियो । शुक्रवार चाँदी तोलामा चार रुपैयाँले घटेर प्रति तोलाको एक हजार एक सय १५ रुपैयाँमा कारोवार भएको छ । विहिवार चाँदी तोलामा चार रुपैयाँले बढेर कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life