प्रशारण लाइन निर्माणमा नर्वेले सहयोग गर्ने, तीन खर्ब डलरको लगानी कोषबाट लाभ लिन आग्रह

बिजमाण्डू
२०६९ माघ २४ गते ००:०० | Feb 6, 2013
प्रशारण लाइन निर्माणमा नर्वेले सहयोग गर्ने, तीन खर्ब डलरको लगानी कोषबाट लाभ लिन आग्रह

काठमाण्डौं । नेपालका लागि नर्वेका राजदूत आल्फ आर्न रामसिलिङ्गले नेपालको आर्थिक विकासमा नर्वेले महत्वपूर्ण सहयोग पुरयाउने र जलस्रोतको विकासको लागि थप लगानी गर्न सरकारको तर्फवाट पहल हुने वताएका छन् । मंगलवारवाट काठमाण्डौंमा नेपाल आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनले भने नर्वेले नेपालको प्रचुर संभाव्यता रहेको जलविद्युत विकासको लागि सहयोग गर्ने सिलसिलामा प्रसारण लाईन निर्माणमा सहयोग गर्ने तयारी गरेको छ । यसको लागि माथिल्लो तामकोशीको प्रसारण लाईनको लागि सहयोग गरिसकेको र दक्षिण उत्तरको प्रसारण लाईनको लागि पनि संभाव्यता अध्ययन भैरहेको समेत वताए ।

रामसिलिङ्गले ऊर्जा क्षेत्र नै आर्थिक विकासको लागि महत्वपूर्ण आधारशिला भएकाले यसको विकासको लागि सरकारी र निजी क्षेत्रले चनाखो पूर्वक काम गर्न समेत सुझाए । उनले नेपालमा उत्पादित हुने विजुलीको क्षेत्रीय वजारमा समेत उच्च माग हुनसक्ने संभावनालाई ध्यान दिदैं यस क्षेत्रको विकासमा चाँडो भन्दा चाँडो काम गर्न सरकार र राजनीतिक दलको समेत ध्यान आकर्षण गराएका थिए ।
उनले भने –राजनीतिक अस्थिरताको कारणले नेपालमा लगानीकर्ताहरु आश्वस्त हुन सकेका छैंनन् यसलाई सुधार गर्न नेपाली जनतालाई मेरो आग्रह छ । जहाँ पारदर्शि सरकार, संस्थागत सुशासन र न्यायपूर्ण समाज वन्ने सोच अगाडि सारिन्छ त्यहाँ लगानीको मार्ग प्रशस्त गर्ने पर्छ । उनले विश्वमा नर्वे जलविद्युत क्षेत्रमा लगानी गर्ने अगं्रणी देश भएको भन्दै हालै स्थापना भएको ३ खर्व डलरको जलविद्युत लगानी कोषबाट लाभ लिन पनि आग्रह गरे । उनले भने –  लगानीकर्ताले जहाँ प्रतिफल हुन्छ त्यहाँ लगानी गर्छ ,नेपालले जलविद्युत क्षेत्रमा लगानी गरेर तुलनात्मक लाभ दिन सक्छ भन्ने सन्देश दियो भने त्यस्तो कोषको लगानी यहाँ आकर्षित गर्न सकिन्छ ।
उनले हरेक देशको एक एक प्राथमिकता रहने भन्दै विश्वमा नै जलविद्युत उत्पादन गर्न दोश्रो संभावना वोकेको देशले यस क्षेत्रको विकास गरेर जनताको जीवन स्तर सुधार्न,सामाजिक आर्थिक परिवर्तन गर्न र जनताको समावेशीकरणमा सहयोग गर्न पनि आग्रह गरे ।   नेपालले चरम ऊर्जा संकट भोगिरहेको अवस्थामा नर्वेका राजदुत रामसिलिङ्गले आफनो देशका लगानीकर्ताहरुलाई नेपालमा आकर्षित गर्न सरकारलाई सुझाव दिएका हुन् । समाजका अध्यक्ष प्रदीप चापागाईले नेपालमा आर्थिक विकासको लागि वातावरण निर्माण गर्न संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको वताए ।

Tata
GBIME
Nepal Life

नर्वेले सहयोग मात्र दिंदैन नेपालबाट अर्बौं कमाउँछ पनि, त्यसका लागि यो हेर्नुहोस्

हिमाल पावरबाट सेयरधनीलाई एक अर्ब ८५ करोड अन्तरिम लाभांस, नर्वे गयो साढे एक अर्ब