काठमाडौ । सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न लागेको कमर्ज एण्ड ट्रस्ट बैंकले शुक्रबार विराटनगरका लगानीकर्तासँग अन्तरक्रिया गरेको छ । बैंकले ६० करोड मुल्य बराबरको ६० कित्ता साधारण सेयर छिट्टै सर्वसाधारण लगानीकर्ताको जारी गर्न लागेको हो । इटहरी, मोरङ र विराटनगरका लगानीकर्ता सहभागि कार्यक्रममा बैंक व्यवस्थापकले लगानीकर्तालाई उचित प्रतिफल दिने प्रतिवद्धता जनाएका थिए । सर्वसाधारणलाई छुट्याइएको सेयर निष्कासन गरेपछि बैंकको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्ने छ ।
