एनसेलको पैसा डबल योजना, तिरेको रकममा दोब्बर सुविधा, खर्च भने एनसेल नेटवर्कमा

बिजमाण्डू
२०६९ माघ २१ गते ००:०० | Feb 3, 2013
एनसेलको पैसा डबल योजना, तिरेको रकममा दोब्बर सुविधा, खर्च भने एनसेल नेटवर्कमा


काठमाडौ । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकलाई लक्षित गरि ‘एनसेल पैसा डबल’ योजना ल्याएको छ । नया योजना अन्तरगत कम्पनीका सबै प्रिपेड र पोस्टपेडको क्लासिक ट्यारिफ अन्तरगतका ग्राहकले सहभागि भइ आफुले तिरेको रकमको दोब्बर रकम प्राप्त गर्न सक्ने छन ।
प्राप्त भएको डबल रकमलाई ग्राहकले एनसेल नेटवर्कभित्र फोन, एसएमएस÷एमएमएस र इन्टरनेटका लागि एक हप्ता भित्र प्रयोग गर्नुपर्नेछ । यो योजना आठ हप्तासम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । साथै ग्राहकले योजनामा राखिएका सुविधा प्रयोग गरि एनसेल नेटवर्क भित्र अझै धेरै सेवाहरु प्राप्त गर्न सक्ने कम्पने जनाएको छ ।

Tata
GBIME
Nepal Life