
काठमाडौं । सिभिल होम्सले मध्यमवर्गका ग्राहकलाई लक्षित गरेर बनाएको घरको बिक्री खुल्ला गरेको छ । २४ वटा घरको सुरुवाती मूल्य ६७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । ती घरमा ३ वटा बेडरुम, किचन, डाइनिङ, लाउनडर एरिया, पुजा कोठाका सार्थ टेरेस, व्याकयार्ड, फ्रन्ट लन र कार पार्किङ छ ।
ललितपुरको सातदोबाटो चोकबाट करिब १० मिनेटको ड्राइभमा पुगिने कम्पनीले जनाएको छ । निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रियामा रहेको उक्त परियोजनाका घरहरुमा बसोबास समेत भइरहेको कम्पनीले जनाएको छ ।