सिटि एक्सप्रेसबाट पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकबाट भुक्तानी सम्वन्धी सम्झौता

बिजमाण्डू
२०६९ माघ १४ गते ००:०० | Jan 27, 2013

काठमाण्डौ । सिटि एक्सप्रेस मनी ट्रान्सफर र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडवीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि बिदेशबाट सिटि एक्सप्रेस मनी ट्रान्सफरमार्पmत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका मुलुकभरका शाखाबाट भुक्तानी लिन सकिने भएको छ ।
सम्झौता पत्रमा सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र इन्भेष्टमेण्ट बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर  गरे । छ बर्षदेखि बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्राउँदै आएको सिटि एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालयमार्पmत तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट बिभिन्न रेमिट्यान्स कम्पनीसँग सहकार्य गरि देशमा रेमिट्यान्स भित्राउँदै आएको छ ।
पछिल्ला दिनमा संजाल विस्तारलाई तिब्रता दिएको सिटि एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश बाणिज्य  बैंक, बिकास बैंक, फाईनान्स कम्पनी लगायतसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । योसँगै सिटि एक्सप्रेसका मुलुकभरबाट करिव २ हजार ३ सय आधिकारीक स्थानीय ठाँउबाट पनि सेवा लिन सकिने छ  ।

Tata
GBIME
Nepal Life