
भेटमा संघले दैनिक पाक्ने व्याजलाई आम्दानीमा देखाउन पाउनु पर्ने माग राख्ने छ । साना बैंकहरुको स्थलगत निरिक्षणमा राष्ट्र बैंकले पाकेको व्याज नगदमा प्राप्त नभएसम्म दैनिक आम्दानी नदेखाउन निर्देशन दिएपछि बैंकरहरुले अधिकारीलाई गुहार्न लागेको हो ।
यस वाहेक सम्पति सुद्धिकरणका कारण झन्झटिलो बनेको बैंक खाता खोल्ने प्रकृयालाई सहजीकरण गर्दिन पनि बैंकरहरुले आग्रह गर्ने छन् । संघले सम्पति व्यवस्थापन कम्पनीका बारेमा पनि अनौपचारिक छलफल गर्ने तयारी गरेको छ ।
बैंकर तथा घरजग्गा व्यवसायीले रियलस्टेट कारोबारलाई सुधार गर्न सम्पति व्यवस्थापन कम्पनी स्थापनाको माग राख्दै आएका छन् । सरकारले कम्पनी स्थापना गर्ने तयारीसमेत गरेको छ ।