जापानमा रेमिट गर्ने जेएमईको कारोवार एक महिनाका लागि रोक, सुधार गर्न एफएसएको निर्देशन

बिजमाण्डू
२०६९ माघ ८ गते ००:०० | Jan 21, 2013

काठमाडौं । वित्तीय गडगढी फेला पारेपछि जापानबाट रेमिट्यान्स सेवा दिंदै आएको जापान मनी एक्सप्रेस (जेएमई)लाई त्यहाँको फाइनान्सियल सर्भिस एजेन्सि(एफएसए)ले एक महिना कारोवार रोक्न आदेश दिएको छ । रेमिट्यानस सेवा अनुगमन गर्ने त्यहाँको सरकारी निकाय एफएसएले जनवरी १८ तारिखदेखि फेब्रुअरी १७ तारिखसम्मका लागि रेमिटयान्स सेवा रोक्न आदेश दिएको हो । जापानको फण्ड ट्रान्सफर कानून अनुसार जेएमईको रेमिटयानस कारोवारमा ग्यारेन्टी डिपोजिट, बुक किपिङ र रिर्पोटिङ्गमा समस्या पाएको थियो ।

रेमिट्यान्स कम्पनीले दैनिक गर्नुपर्ने दायित्वको गणना जेएमईले नगरेको, गणना गरेको दायित्वका लागि आवश्यकता अनुसारको ग्यारेन्टी डिपोजिट नराखेको आरोप पनि एफएसएले लगाएको छ । जेएमईका अध्यक्षले इन्डोनेसियामा आउटबाउण्ड रेमिट्यान्सका लागि सहमति गरेको आरोप पनि लगाएको छ । जेएमईले ग्राहक पहिचान आधार, रेमिट्यान्स सेवाका लागि इन्कोडिङ र रेमिट्यान्स प्राप्त गर्नका लागि निर्देशनका लागि आन्तरिक व्यवस्था नमिलाई पठाउने  गरेको आरोप पनि एफएसएले लगाएको छ । बाहिरी सेवा प्रदायकको निरीक्षण नगरी मौखिक रिेपोर्टिङका भरमा काम चलाएको आरोप पनि एफएसएले लगाएको छ ।
एफएसएले जेएमईलाई सुधार गर्न छ वटा निर्देशन समेत दिएको छ । कम्पनीको स्पष्ट व्यवसायिक व्यवहार हुनुपर्ने, आन्तरिक नियन्त्रण र आन्तरिक लेखापरीक्षणसहितको व्यवस्थापनमा सुधार गर्नुपर्ने, व्यवस्थापनका लागि आन्तरिक पुर्नसंरचना गर्नुपर्ने, व्यापार आउटसोर्सिङ गर्नका लागि उचित कदम चाल्नुपर्ने, ग्राहक पहिचान आधारलाई व्यवस्थित गर्नुपर्ने, व्याक्तिगत सूचनाहरु संरक्षण गर्न उचित कदम चाल्न पनि एफएसएले निर्देशन दिएको छ । एफएसएले फेबु्रअरी १५ भित्र समयसिमावद्ध व्यापार सुधार योजना प्रस्तुत गर्नुपर्ने निर्देशन पनि दिएको छ । कम्पनीले सुधारसम्वन्धी कार्यक्रम साप्ताहिक रुपमा एफएसएलाई बुझाउनुपर्ने निर्देशन पनि दिएको छ ।

Tata
GBIME
Nepal Life